Written by: Manavi Regmi - 27007, Grade VII
Posted on: 17 May, 2021
चारैदिशा घेरेर
फेरि आयाे काेराेना
गाह्राे भयाे सङ्क्रमितलाई
सास फेरन ।
प्रकृतिलाई मास्नाले
सबलाई खुट्टा टेकायाे
हाम्रा आफ्नै कर्मले
जीवन के हाे देखायाे ।
कहिले युराेप कहिले भारत
अहिले आयाे नेपाल
मानिससँग काराेनाले
लिन्छ किन बदला ।
आजसम्म केही छैन
भाेलि के हाे थाहा छैन
संसारलाई खायाे नि
कस्तो राेग आयाे नि ।
सररफाइमा ध्यान दिएमा
दूरी कायम गरेमा
अनिवार्य रूपमा माक्सकाे
प्रयाेग गरेमा ।
जथाभावी हिडेमा
यसले ज्यान लिनेछ
साबुनले हात धाेएमा
केही सुधार हुनेछ ।
सानासाना कुरामा
सबै सचेत हुनु है
साबुन, पानी, माक्सले नै
काेराेनालाई भगाऔँ है ।