Logo

Student Corner

हाम्रो यात्रा

Written by: Yalam Dev Pradhan - 28014, Grade VI

Posted on: 09 May, 2021

२०७६ सालकाे चैत्र महिनामा  सपरिवार हामी घुम्नका लागि निस्कने निर्णय गरेका थियाैँ  ।  सोहीबमोजिम हामी बिहान ६ बजेतिर उठ्याैँ । हातमुख धोयाैँ  अनि लुगा जुत्ता मिलायाैँ  । त्यसपछि आफ्ना सामानहरू बोकेर रातो पुलतिर लाग्याैँ ।  करीब नौ दश मिनेट प्रतीक्षा गरिसकेपछि हामी जाने  गाडी आइपुग्यो ।  हामीले आफ्ना  सामानहरू गाडीमा राख्याैँ  र सबैजना गाडीमा चढ्याैँ । त्यसपछि हामीले  हाम्रो यात्रा सुरु गर्‍याैँ । 

केही समयकाे यात्रा गरेपछि हामीले गाडी राेक्याैँ  र बाटोमा चाहिने खानेकुराहरू किन्याैँ ।  त्यसपछि हाम्राे यात्रालाई अगाडि बढायाैँ । हरियाली पहाड र कलकल बग्ने नदीको आवाजले हामीलाई रमाइलो बनाएको थियो ।  पहाडको यात्रा अत्यन्त मनमोहक बनेको थियो ।हामी पहाडको घुमाउरो बाटो हुँदै एउटा होटलमा आइपुग्याैँ  र खाजा खायाैँ  । खाजा खाइसकेपछि हामी फेरि गाडीमा  चढ्याैँ  र चितवनतर्फ लाग्याैँ  ।  बाटोमा हामीले झरनाहरू नदीहरू देख्याैँ र त्रिशुलीको किनारमा गयाैँ । त्रिशुलीको किनारमा धेरै ढुङ्गाहरू थिए ।  ढुङ्गाहरूको बिचमा हिड्न  अप्ठ्यारो थियो  तर पनि हामी बिस्तारै किनार किनारतर्फ पुगेर एक छिन पानीमा खेल्याैँ र फोटाहरू पनि खिच्यौँ ।  हामी फेरी गाडीतर्फ आयाैँ र गाडीमा बस्याैँ ।  केही समय गाडीको यात्रा गरिसकेपछि हामी  चितवन पुग्याैँ  ।  चितवन काठमाडौँजस्तो विकसित लाग्यो ।  हामी त्यहाँ गएर जिपको सफारी गर्ने भन्ने योजना बनाएका थियाैँ  ।  हामीले जिपको पैसा दियाैँ  ।  रुपमा बसेपछि हाम्रो गाइड पनि त्यही आइपुगे ।  यसका पछाडि हामी तराईको गाउँ हुँदै  जङ्गलतर्फ लाग्याैँ  ।  चितवन राष्ट्रिय निकुञ्जमा हामीले धेरै प्रकारका जनावरहरू देख्याैँ  ।  १/२ घण्टाको जङ्गल सफारीपछाडि हामी फेरि गाडीमा चढ्याैँ  र हामी बस्ने होटल खोज्नतर्फ लाग्याैँ  । हामी एउटा होटलमा गएर खाजा खायाैँ  अनि त्यही नजिकैको एउटा रेष्टुरेन्टमा बस्ने योजना बनायौँ र त्यहाँ गएर  आफ्ना सामानहरू राख्याैँ  ।  हामी निकै थाकिसकेका थियाैँ  त्यसैले खाना खायौँ र आराम गर्‍यौँ ।  भोलिपल्ट हामी छिट्टै उठ्याैँ र नजिकैकाे मन्दिरतर्फ लाग्याैँ ।  हामीले त्यहाँ धेरै फोटाहरू पनि खिच्यौँ ।  

तेस्रो दिन हामीले पोखरा जाने योजना बनाएका थियाैँ  ।  आफ्नो योजनाअनुसार हामी पोखराको यात्राका लागि निस्कियौँ ।बाटो धेरै घुम्ती परेको अनि लामो थियो ।  यात्रा गर्दागर्दै हामीलाई भाेक लाग्याे ।  त्यसपछि हामी नजिकैको एउटा पसलमा गयाैँ   र  खाना खायौँ ।  होटल नजिकै देवघाटको मन्दिर थियो ।  हामीले देवघाटकाे  मन्दिर पनि दर्शन गर्ने निधो गर्‍याैँ ।   हामीले डुङ्गामा चढेर नारायणी नदी तर्‍याैँ  र देवघाट मन्दिरको पनि दर्शन गर्याैँ  ।  देवघाट मन्दिर वरपर रमाइलो थियो ।  बीचमा डाँडो परेको थियो । एकातिर कालिगण्डकी कलकल गर्दै बगिरहेकी थिइन् भने अर्कोतिर त्रिसुली नदीको मनोरम दृश्य देखिन्थ्यो ।  मन्दिर पुगेर दर्शन गरिसकेपछि हामीले त्यहाँ पनि धेरै फोटाहरू खिच्याैँ  ।  अत्यन्त राम्रो देखिने त्यस ठाउँलाई हामीले छोडेर जाने मनै थिएन तर  पनि आफ्नो यात्रा त पूरा गर्नु पर्ने थियो । केही समय त्यहाकाे शान्त ठाउँमा बसेपछि  हामी एउटा होटलमा गयाैँ  र चिया खायाैँ  ।  त्यसपछि गाडीमा बसेर पोखरातिर लाग्याैँ  ।  पाेखरा  जाने क्रममा बाटोमा एउटा पुल थियो पुलमा गएर हामीले खोला हेर्‍याैँ ।  फेरिपनि पोखराका यात्राका लागि अगाडि बढ्याैँ  र केही समयमा हामी पोखरा पुग्याैँ  ।  त्यहाँ गएर हामी एउटा होटलमा आफ्ना सामानहरू राखी केही समय विश्राम गर्‍याैँ ।  त्यसपछाडि हामी फेवातालमा गयाैँ  ।  हामी एउटा ढुङ्गामा बस्यौँ फेवातालमा जलविहार गर्‍याैँ।  त्यसपछाडि हामी तालबाराही मन्दिरमा गयाैँ  ।  तालबाराही मन्दिरबाट सेवा ताको वरिपरि हामीले माछाहरू पनि हेर्‍याैँ  ।त्यसपछाडि हामी होटलमा आएर र खाना खाएर सुत्याैँ  । 

अर्को दिन हामी  सराङकोट गएर सूर्योदय हेर्ने योजना बनाएका थियाैँ  ।  त्यही योजनाअनुसार हामी बिहानै उठ्याैँ  र चिया खाएर सराङकोटतर्फ लाग्याैँ  ।  सराङकोटकाे सूर्योदय हेरेपश्चात हामी डेभिड फल्स हेर्नतर्फ लाग्याैँ  ।  हामीले त्यहाँ फोटाहरू पनि खिच्यौँ र बाटोमा खाना खायाैँ  अनि  आफ्ना सामानहरू लिएर गाडीमा चढी काठमाडौंतर्फ फर्क्याैँ ।  हाम्रो यो यात्रा निकै रमाइलो र ज्ञानवर्धक लाग्यो ।  यस यात्रालाई मैले सधैँभरि सम्झिरहने छु ।