Logo

Student Corner

परीक्षापछिको समय

Written by: Sauharda Bajracharya - 26010, Grade VIII

Posted on: 05 May, 2021

हाम्रो परीक्षा चैत्र ११ देखि चैत्र २० गते सम्म थियो। परीक्षा पछिको बिदामा गर्ने मेरा धेरै योजनाहरू थिए। मेरो बिदाको पहिलो दिनमा मैले मेरो युटुब च्यानलका लागि केही बनाउने सोचमा थिए । जस अन्तर्गत मैले एउटा कथालाई खेल बनाएँ र  हाम्रो जीवनसँग  सम्बन्धित पार्न खोजे  । २, ४ दिनमा त्यो बन्यो । दोस्रोदेखि चौंथौ दिनसम्म मैले  त्यही कथा बनाएँ । पाँचौँ दिनमा भक्तपुरमा जात्रा थियो र हामी जात्रामा  गयौँ। हामी फुफूकहाँ बस्यौँ र ५ बजेतिर जात्रा सुरु हुन लागेको थियो तर पानी पर्‍याे । त्यसपछि हामी दाइको घरमा गयौँ । एक छिनपछि पानी पर्न रोकियाे  तर त्यतिबेला जात्रा पनि सकिइसकेको थियो। त्यसको भोलिपल्ट केही काम नगरी बित्यो। 

अर्को दिन ठिमीमा जात्रा थियो। हामी ठिमी पुग्यौँ, फुफू कहाँ बस्याैँ र चिया पियौँ । त्यसपछि हामी जात्रा हेर्न गयौँ । जात्रामा धेरै मान्छेहरू थिए  । मेरा  फुफाजुले जात्राको बारेमा भन्नुभयो। जात्रामा ३ ओ रथ हुन्छन् र एक बालकुमारीको रथ हुन्छ। तिन ओ रथ ५ चोटि घुम छन् र छैठौ पालिमा ती ३ ओटा रथले बालकुमारीको रथलाई रोके र बालकुमारीको रथ मन्दिर भित्र छिर्‍याे । । रथ तान्ने मान्छेहरू र रथ सँगै गएका  मान्छेहरू सबै जना छ्याङ खाएर आएका थिए । बाटाभरि रक्सीका बोतल थिए। ठिमीको जात्रा सकेपछि, हामी जिब्रो छेड्ने जात्रा हेर्न गयौँ। जिब्रो छेड्ने जात्रा सुरु गर्न नै ४ घण्टा लाग्यो । जात्रा सुरु भयो र हामीले हेर्‍याैँ । जिब्रो छेड्ने जात्रामा एक जना मान्छेलाई १०, १२ दिनदेखि विधि गराएर, जिब्रोलाई सुन्न पारेर राखेको हुन्छ। त्यो मान्छेले २, ४ दिन अगाडि नै केही पनि खानुहुदैँन। जात्रा सकेपछि पनि २,४ दिनसम्म झोल मात्र खानुहुन्छ र दिनका दिन जिब्रोमा तेल लगाउनुपर्छ। जात्रा सकेपछि हामी फेरि फुफूकहाँ गयौँ र सबैलाई टाउको दुखिरहेको थियो ।  त्यहाँ हामीले  चिया  पियाैँ । त्यसपछि बेस्सरि हवाहुरी चल्यो । हामीलाई अब घर कसरी घर जाने भनेर चिन्ता पर्न थाल्याे । मेरो फुफूको घरको नजिक धेरै रूखहरू थिए र रूखबाट धेरै किराहरू भित्र आइरहेका थिए। जसो तसो हामीले गाडि मगाएर घर पुग्यौँ । 

 भोलि पल्टदेखि मेलै किताबहरू मिलाएँ पत्रिकाको लागि लेख लेखेँ र छापेँ। त्यसपछिका अरू दिन यतिकै बिते । वैशाख १६ गतेदेखि हाम्रो कक्षा सुरु भयो।