Logo

Student Corner

रिस

Written by: Krishma Thapa - 27005, Grade VII

Posted on: 29 April, 2021

नगर्नु रिस कसैले पनि याे कुरा जानेर

गर्दैन भलाइ रिसले कहिल्यै याे कुरा जानेर 

रिस नै शत्रु रिस नै फाटाे रिस नै झगडा

रिसले ल्याउँछ मनमा फाटाे रिस नै लफडा

 

रिस र घुस उस्तै हाे नि सबैलाई बिगार्ने 

रिसकाे वसमा नपर्न बानी कसरी सुधार्ने 

रिसले ल्याउँछ मनमा फाटाे रिसले लाउँछ दाेष

रिसबाट टाढा बस्नुछ हामी निकै  नै पल्लाे  काेस

 

रिसकाे सट्टा ममताबाट निस्कन्छ मैत्री भाव

ममताले नै जन्मन्छन् मित्र हट्दछ वैरी भाव

सबैलाई गर दया माया असल बनेर 

कसैले पनि भन्ने छैन है तिमीलाई  रिसाहा बनेर

 

रिसलाई मित्र बनाए हुन्छ मान्छेकाे दुर्गति

रिसकाे वसमा हिडेमा हाम्राे हुन्छ है प्रगति 

कसैले पनि नगर रिस हुँदैन असल

रिसले लान्छ भविष्य हाम्राे याे हैन सबल ।