Written by: Estella Shrestha - 2023013, Grade IX
Posted on: 04 April, 2021
खेल हामी सबैको जीवनमा महत्त्वपूर्ण हुन्छ । हामी सबैको शारीरिक र मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न खेलहरूले ठूलो भूमिका खेल्दछ । खेल खेल्नु भनेको शारीरिक व्यायाम गर्नु हो । क्रिकेट, फुटबल, भलिबल, बास्केटबल , ब्याडमिन्टन,खो खो, टेनिस आदि खेलहरू शारीरिक र मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न खेलिन्छन् ।
मेरो मनपर्ने खेल ब्याडमिन्टन हो । यो खेलको सुरुवात बेलायतबाट भएको पाइन्छ । सन् १९३४ मा अन्तर्राष्ट्रिय ब्याडमिन्टन सङ्घको स्थापना भएपछि यो खेलको विधिवत सुरुवात भएको हो । ब्याडमिन्टन खेल खेल्दा दुई वा दुईभन्दा बढी चार जना व्यक्तिहरू मिली खेलिन्छ । यो खेल खेल्नको लागि एउटा कोर्टको आवश्यकता पर्छ । कोर्टमा दुई बराबर भागहरू हुन्छन् र बिचभागमा एउटा नेट बाँधिएको हुन्छ ।
ब्याडमिन्टन खेल धेरै फाइदाहरू छन्।
-: ब्याडमिन्टन खेल्दा शरीर स्वस्थ रहन्छ।
-: यो खेल खेल्दा हाम्रो शरीर पूर्ण विकसित हुन्छ।
-: यो खेल्नाले सोच्ने र बुझ्ने हाम्रो शक्ति बढ्छ।,.l
-: ब्याडमिन्टन खेल खेल्दा मोटोपन हट्छ ।
-:यो खेल खेल्नाले अन्य प्रकारका रोगहरू निम्त्याउँदैन।
-: यो खेल खेल्दा हात र खुट्टाको मांसपेशीहरू बलिया हुन्छन्।
-: ब्याडमिन्टन खेलले दिमाग शान्त रहन्छ ।
-: यो खेल खेल्दा एकाग्रता बढ्छ। यसको साथसाथै यसले अन्य कार्य गर्न र अध्ययन गर्न पनि मद्दत पुग्छ।
ब्याडमिन्टन खेल धेरै राम्रो खेल हो । यो खेल ओलिम्पिकमा पनि समावेश छ र अन्तर्राष्ट्रिय स्तरमा पनि खेलिन्छ । यो खेल खेल्दा शरीरलाई ताजापन र ऊर्जा प्रदान गर्दछ । त्यसैले मलाई यो खेल धेरै मनपर्छ ।