Logo

Student Corner

मेराे भविष्य

Written by: Riddhis Sharma - 2025012, Grade VII

Posted on: 04 April, 2021

बनाउँछु मैले

मेराे भविष्य उज्यालाे

गर्ने छु दुखीकाे सेवा

अनि समाजकाे भलाे ।

 

सफल हुन मैले गर्ने छु 

कडा परिश्रम

परिश्रमलाई ठान्ने छु 

सधैँ अमूल्य धन ।

 

असफल धेरै भएँ 

अब भने म

सफलताकाे परीक्षा

दिँदै छु ।

अल्छी नगरी 

मिहिनेत गरी सफल बन्ने

प्रण लिँदै छु ।

 

उज्यालाे भविष्यका लागि

इमानदार भई 

कर्ममा जुट्नेछु

सुवास छर्छु

 याे धरतीमा 

फूल झैँ फुल्नेछु ।