Logo

Student Corner

जिन्दगी

Written by: Aayush Subedi - 2026004, Grade VI

Posted on: 22 March, 2021

याे सुन्दर मानव जिन्दगी 

आउँदैन फेरि फेरि

सृष्टिकाे अनुपम उपहार

सुन्दर जीवनमा नखानु हार ।

 

सुन्दर बनाउन लागाैँ जीवनलाई

गरी राम्रा काम

यही नै हाे कर्तव्य हाम्राे 

कमाउनु छ है नाम ।

 

भाव राखी सहयाेगी

गराैँ सेवा दीन दुखीकाे

हृदयदेखि नै खुसी मनाई

मनबाट सेवाकाे भाव जगाई ।

 

बन्नु छ असल र दानी

परसेवामा जानी नजानी

अनि बल्ल मिल्छ मनमा शान्ति 

पक्कै मिल्नेछ तनमा कान्ति ।

 

सुन्दर पार्नु छ जीवनलाई 

राष्ट्रियताकाे भाव जगाई

सब लाेककाे हित चिताई

सार्थक पार्नु छ जीवनलाई ।