Logo

Student Corner

सगरमाथा

Written by: Agraj Rijal - 2028004, Grade IV

Posted on: 11 March, 2021

सगरमाथा विश्वकै सबैभन्दा ठुलाे र अग्लाे हिमाल हाे । याे हिमाल नेपालकाे साेलुखुम्बु जिल्लामा पर्दछ । याे नेपालकाे उत्तरी भेगमा पर्दछ ।  याे हिमाल ८,८४८ मिटर अग्लाे छ । यसका वरिपरि अरू अग्ला हिमालहरू छन् । सगरमाथा आराेहण गर्ने कठिन कार्य हाे । सगरमाथा आराेहण गर्ने पहिलाे मानिस तेन्जिङ सेर्पा र एडमन्ड हिलारी हुन् । अहिले सगरमाथा आराेहण गर्ने मानिसकाे सङ्ख्या धेरै पुगिसकेकाे छ । सगरमाथा अञ्चलकाे नाम पनि यसै हिमालबाट राखिएकाे छ । यही निकुञ्जकाे नाम पनि यसै हिमालकाे नामबाट राखिएकाे छ । सगरमाथाले हाम्राे देशलाई विश्वसामु चिनाएकाे छ । सगरमाथा नेपालकाे सान हाे । यसलाई नेपालकाे शिर पनि भनिन्छ । म सगरमाथा भएकाे देशमा जन्मन पाएकाेमा गर्व गर्छु ।