Logo

Student Corner

मेराे यात्रा

Written by: Luniva Shrestha - 2027012, Grade V

Posted on: 08 March, 2021

२०७७ मङ्सिर ५ गतेका दिन म मेराे परिवारसँग घुम्न  पाेखरा, मनकामना र लुम्बिनी गएकी थिएँ । हामी बिहानकाे ठिक ७ बजे यात्राका लागि निस्किएका थियाैँ । केही समय हामी बसकाे पर्खाइमा बस्याैँ । बस आइसकेपछि हामी ५ जना सदस्य पछाडिकाे सिटमा बस्याैँ । केही समयकाे यात्रापछि हामी मलेखु भन्ने ठाउँमा ओर्लियाैँ र खाजा खायाैँ । त्यसपछि हामी फेरि बसमा चढ्याैँ र यात्राका लागि अगाडि बढ्याैँ । करिब ६ घन्टाकाे बसकाे यात्रापछि हामी पाेखरा पुग्याैँ । पाेखरा पुग्दा हामी निकै थाकिसकेका थियाैँ । त्यहाँ पुगेर लेकसाइडकाे एक हाेटलमा हामीले सामान राख्याैँ र खाजा खायाैँ । त्यसपछि फेवातालकाे साँझकाे दृश्य अवलाेकन गर्नका लागि निस्कियाैँ । त्यतिबेलासम्म निकै साँझ परिसकेकाे थियाे । त्यसैले हामी सबै हाेटलमा फर्कियाैँ र खाना खाएर सुत्याैँ ।

अर्काे दिन हामी बिहान सबेरै उठ्याैँ । हातमुख धाेएर बिहानकाे खाजा खायाैँ र घुम्नका लागि निस्कियाैँ । त्यस दिन हामी पहिले पेवातालमा गएर डुङ्गा चढ्याैँ र तारबाराही मन्दिरकाे दर्शन गर्‍याैँ । तालबाराही मन्दिर निकै सुन्दर रहेछ । त्यस सुन्दर दृश्यकाे अवलाेकन गरेपछि हामीले शान्ति स्तुपा, विन्ध्यवासिनी, पाताले छाँगाे आदि लगायतका स्थानमा गई त्यहाँका रमणीय र ज्ञानवर्धक स्थलहरूकाे अवलाेकन गरी आनन्द लियाैँ । पाेखराकाे घुमघामपछि हामी पूनः लुम्बिनीकाे यात्रातर्फ माेडियाैँ । पाेखराबाट लुम्बिनी जाने क्रममा देखिएका हरिया पहाडकाे दृश्य र सेता हिमालकाे माेहनी रूपका चित्रहरू मनमा सजाउँदै हामी लुम्बिनी पुग्याैँ  लुम्बिनी पुग्दा रात परिसकेकाे थियाे । हामी त्यस रात लुम्बिनीकै एक हाेटलमा बास बस्याैँ । अर्काे दिन हामीले लुम्बिनीकाे मायादेवीकाे मन्दिरका साथै विभिन्न देशहरूले बनाएका स्तुपहरूकाे पनि अवलाेकन गर्‍याैँ । लुम्बिनीबाट फर्कने क्रममा हामीले मनकामना मन्दिरकाे पनि दर्शन गर्‍याैँ । त्यसपछि मनकामनाकाे एक हाेटलमा खाना खायाैँ । मनकामना मन्दिरकाे दर्शन गरेपश्चात हामी काठमाडाैँ फर्कियाैँ । 

मेराे घरका सबै परिवारसँग गरेकाे याे यात्रा निकै ज्ञानवर्धक र रमणीय लाग्याे । याे यात्रा मेरा लागि निकै स्मरणीय रहनेछ।