Logo

Student Corner

म विद्यार्थी

Written by: Jiya Sapkota - 2024005, Grade VIII

Posted on: 01 March, 2021

किताब कापी झाेला कलम सबै बाेकी हिँड्छु

गृहकार्य कक्षाकार्य सबै पूरा गर्छु 

कलम र ज्ञानले म कापी किताब भर्छु 

कर्मशील र मिहिनेती म विद्यार्थी बन्छु ।

 

पढ्न जान्छु सबैसँग मिलीजुली म नि 

त्यै झाेलामा बाेकी जान्छु ज्ञानकाे ज्याेति पनि 

साथीभाइ सबैसँग मिलिजुली पढ्छु 

कर्मशील र मिहिनेती म विद्या्थी बन्छु ।

 

गुरुबाकाे आज्ञाले म राम्राे काम गर्छु 

परिवारकाे नाम मैले सधैँ उचाे राख्छु 

स्कुलकाे सबै काममा सहभागी हुन्छु 

कर्मशील र मिहिनेती म विद्यार्थी बन्छु । 

 

भारी बाेकी हिडेर म विद्यालय आउँछु 

त्यै भारीमा ज्ञान थपी घरतिर जान्छु 

विद्यालय मलाई प्याराे सधैँ आउँछु पढ्छु 

कर्मशील र मिहिनेती म विद्यार्थी बन्छु ।

 

किताबका पानासरि साथी साथी मिल्छाैँ 

पढाउने गुरुजस्तै हामी ज्ञानी बन्छाैँ 

साथीभाइ कति प्यारा सँगै पढ्छु खेल्छु 

कर्मशील र मिहिनेती म विद्यार्थी बन्छु ।