Logo

Student Corner

साेनाम ल्हाेसार

Written by: Sonu Lama - 2026021, Grade VI

Posted on: 28 February, 2021

नेपालमा धेरै जात, धर्म र भाषा बाेल्ने मानिसहरू बस्दछन् । जात, धर्म र भाषाअनुसार उनीहरूका चाडपर्वहरू पनि फरक फरक मान्दछन् ।  साेनाम ल्हाेसार तामाङ जातिकाे महत्त्वपूर्ण पर्व हाे । यस पर्वमा तामाङ जातका माजिसहरू आफ्ना आफन्त तथा साथीभाइ भेटघाट गरी रमाइलाे गर्नुका साथै आफूभन्दा ठुलाबडाबाट आशीर्वाद लिने गर्दछन् अनि मिठामिठा परिकारहरू बनाएर खाने गर्दछन् । मासु, खाप्से, छ्याङ, सेलराेटी आदि यस पर्वमा खाने परिकारहरू हुन् । साेनाम ल्हाेसारमा मान्छेहरू प्रायः बाैद्ध स्तुपा, गई बत्ती बाल्ने र प्रार्थना गर्ने गर्दछन् । यस पर्वमा तामाङ जातका मानिसहरू आफ्नाे सास्कृतिक पाेसाक र गरगहनामा सजिने र गायक गायिकालाई बाेलाएर सास्कृतिक कार्यक्रम अर्थात नाँचगान गर्ने गर्दछन् । साेनाम ल्हाेसार माघकाे ३० गते पर्दछ । शाब्दिक रूपमा भन्नुपर्दा ल्हाे भनेकाे वर्ष र सार भनेकाे नयाँ हाे । तामाङ जातिकाे नयाँ वर्षकाे रूपमा याे पर्व धुमधामले मनाउने गरिन्छ । ल्हाेसारले सबैकाे घरमा खुसी र रमाइलाे ल्याउँछ । ल्हाेसारकाे दिन तामाङहरूले देवी देवतालाई स्वागत गर्न ठुलाे पूजा गर्ने गर्दछन् । त्यस दिन टुँडीखेलमा तामाङ सेलाे लाेकदाेहाेरी गाउने र धाँमी झाँमी झाँक्री नाच्ने गर्दछन् ।