Written by: Rushina Tamang - 2025014, Grade VII
Posted on: 25 February, 2021
बत्ति पनि निभाई
छिटो सुत्नु पर्याे।
आँखा चिम्लिएर निदाउनु पर्याे
पहेँलाे सूर्याेदयलाई पर्खिनु पाे पर्याे
अब भयाे अँध्याराे ।
दिन गयो साँझ बित्यो
भयो अब अध्यारो।
उज्यालाेकाे रङ्गीन घर
भयाे अब कालो।
पहेँलो घामले सजिएको
बादलले भरिएको
चराहरू उडेको
देखिन पाे छाड्याे
अब भयाे अँध्याराे ।
आवाज शून्य भएकाे
नाैलाख ताराले सजिएकाे
छैन आकाश नीलो
समय भयाे ढिलो
अब भयाे अँध्याराे ।