Logo

Student Corner

रहर मेरा

Written by: Suprabh Acharya - 2026022, Grade VI

Posted on: 21 February, 2021

सानै छु म, तर पनि धेरै रहर मेरा 

मेरा रहर पूरा गर्छु जान दिन्न खेर ।।

 

चित्र कोर्छु फुटबल खेल्छु, खेल्छु भलिबल

इमानदार हुन्छु सधैँ, गर्ने छैन छल ।।  

 

नयाँ ठाउँ घुम्न जान्छु, पढ्छु पनि धेरै 

गीत  सङ्गीत सिक्दै गाउँदै गर्ने रहर मेरै ।। 

 

चित्र कोर्दा मख्ख पर्छु, खुसी हुने गर्छु 

थरी थरी चित्रहरूमा रङ्ग भर्ने गर्छु ।।

 

रहर मेरा यिनै हुन् सधैँ, खेल्ने पढ्ने 

गीत सङ्गीत कला देखाई कलाकार बन्ने ।।