Logo

Student Corner

साइबर अपराध

Written by: Sauharda Bajracharya - 2025016, Grade VII

Posted on: 18 February, 2021

मेरो साथीको बाबाले भर्खर नयाँ कम्प्युटर किन्नुभएकाे  थियो। उहाले आफ्ना इमेलहरू हेर्दै हुनुहुन्थ्यो र इमेलहरू हेर्दा हेर्दै एउटा नयाँ इमेल देख्नुभयो, जसमा लेखिएको थियो, “तपाईंले १० करोड रुपियाँ जित्नु भएको छ।” पुरै इमेल नपढी मेरो साथीको बाबा त खुसी भएर आफ्नी श्रीमतीसँग ठुला ठुला सपना देख्न थाल्नुभयाे । बाबा त नयाँ घर र लामो गाडी किन्ने सपना देख्न थाल्नुभयाे  तर त्यसमा अर्को कुरा पनि लेखिएको थियो, त्यसमा भनिएको थियो, १० करोड पाउन पहिला २ लाख रुपियाँ जम्मा गर्नुपर्छ। त्यो पढेपछि त राम्रा राम्रा सपना सबै हराए। मेरा साथीका बाबा त अब तनावमा हुनुभयाे । अब दुबै साथीका बाबा र आमा २ लाख कसरी पाउने  भनी सोचिरहेका थिए। साथीका बाबा त सोच्दा सोच्दा आफ्नी श्रीमतीको गहना बेच्ने बारेमा साेच्नुभयाे । उहाँले सुन पसलमा गएर गहना बेचेर पैसा निकाल्नुभयाे। उहाँले आफ्ना साथीहरूलाई भन्नुभयाे र एक जना साथीले साइबर अपराध बारेमा भन्यो र त्ससपछि उहाँले त उहाँलाई  साइबर अपराध भएको कुरा बुझ्नुभयाे । यो कुरा बुझेपछि उहाँ र उहाँका साथी साइबर अपराध विभागमा गएर उनले सबै कुरा भन्नुभयाे । साइबर अपराध विभागका मान्छेहरूले सबै कुरा सुने र  इमेल एक जना मिस्टर नोवाको नाममा थियो। र मेरो साथीका बाबाले, उहाँ मात्र  नभई अझै धेरै मान्छेहरू इमेल  अब साइबर अपराधमा  फसिन्छ भन्ने कुरा बुझे। साइबर अपराध विभागले मिस्टर नोवाको सबै विवरण लियो र समात्नको लागि एउटा योजना बनायाे  र पैसा दिने  र दिनमा मिस्टर नोवालाई समान्ने योजना बनाए। पैसा लिने दिनमा त मिस्टर नोवाका  साथमा  अझै ४,५ जना थिए। यसबाट  साइबर अपराध विभागले मिस्टर नोवा लगायत अरू ४,५ जनालाई समात्याे ।