Logo

Student Corner

बानी

Written by: Eva Adhikari - 2028013, Grade IV

Posted on: 16 February, 2021

बानी भनेकाे आदत हाे । बानी दुई किसिमका हुन्छन् । पहिलाेमा राम्राे बानी पर्दछ भने दाेस्राेमा नराम्राे बानी पर्दछ । हामी सबैले राम्राे बानी मात्र बसाल्नुपर्दछ । राम्राे बानी बसाल्नका लागि हामी असल र ज्ञानी हुनुपर्दछ । आफूभन्दा ठुलालाई आदर गर्नुपर्दछ भने सानालाई माया गर्नुपर्दछ । शरीलाई फाइदा हुने खानेकुरामात्र खानुपर्दछ ।  सधैँ साँचाे कुरामात्र बाेल्नुपर्दछ । झुटाे कुरा बाेल्ने अरूलाई छल गर्ने बानी कहिल्यै गर्नुहुँदैन । राम्रा बानी बसाल्नलाई नराम्रा बानी हटाउनुपर्छ । मानिस पशुपन्छी, जनावर सबैलाई उत्तिकै माया गर्नुपर्छ । शिक्षकले भनेकाे कुरा मान्नुपर्दछ । गृहकार्य समयमा पूरा गर्नुपर्दछ । सरसफाइ गर्ने काम जस्तैः नङ काट्ने, नुहाउने, कपाल काट्ने आदि काम पनि राम्रा बानीमा नै पर्दछन् । राम्रा बानी भएमा हामी भविष्यमा सफल हुन सक्छाैँ ।