Logo

Student Corner

अनलाइन कक्षा

Written by: Krishma Thapa - 2026008, Grade VI

Posted on: 09 February, 2021

काेराेना भाइरसका कारण लकडाउन सुरु भएपछि हामी अनलाइन कक्षा लियाैँ । सुरुमा मलाई अनलाइन कक्षाको बारेमा धेरै कुरा थाहा थिएन तर अनलाइन कक्षा भएको केही दिनपछि यसको बारेमा धेरै कुरा सिकेँ । केही समयपछि हामी दैनिक अनलाइन कक्षा लियाैँ । केही समयपछि अनलाइनबाट सिक्ने सजिलो भएकाे छ । दैनिक हाम्रो अनलाइन कक्षाको समय बढ्दै गएकाे छ। हामीले  दैनिक गृहकार्यहरू र कक्षाकार्यहरू गर्दै छाैँ ।हामी परियाेजना कार्यहरू पनि गरिरहेका छाैँ । बिस्तारै हामी अनलाइन कक्षामा समायोजन हुँदै गएका छाैँ । हामी अनलाइन कक्षा लिएपछि कम्प्युटर  र प्रविधिको बारेमा धेरै जान्याैँ ।अनलाइन कक्षा राख्नुका धेरै फाइदाहरू छन् ।हामीलाई हाम्रो अनलाइन कक्षा सुरु भएपछि कम्प्युटरको बारेमा राम्रो ज्ञान भयाे ।हामीलाई धेरै सुविधाहरूको बारेमा थाहा भयाे ।हामी अनलाइन कक्षामा राम्रो गर्दै छाैँ अनलाइन कक्षा भएको केहि महिनापछि हामीले पहिलाे चाैमासिक परीक्षा पनि अनलाइनबाटै  दियौँ । सुरुमा हामीलाई कसरी परीक्षा दिने भनेर थाँहा थिएन तर शिक्षकहरूले हामीलाई सिकाएपछि हामीलाई यो थाँहा भयाे ।  केहि दिनपछि हाम्रो नतिजा पनि बाहिर आयो ।अनलाइन कक्षामा पनि हामी राम्रो गर्दै छाैँ । यो अनलाइनबाट सिकेको बेला रोचक कक्षा राेचक पनि भएकाे छ तर हामी अनलाइन कक्षा  हुँदा हाम्रा साथीहरूलाई भेट्न सक्दैनौँ ।  हामीले साथी र शिक्षकहरू बिच अधिक कक्षा र कुराकानी र सञ्चार गर्न थालेका छाैँ ।यदि हामीले केही बुझेनौँ भने हामी हाम्रा शिक्षकहरूलाई सोध्छौँ। हामीले व्यावहारिक कार्यहरू र परियोजना कार्यहरू पनि अझै नयाँ तरिकाले गरेका छाैँ अहिले काेराेनाका कारण विद्यालय जान नपाएकाे अवस्थामा अनलाइन कक्षा नै सुरक्षित तरिकाले सिक्ने भरपर्दाे माध्यम बनेकाे छ ।