Logo

Student Corner

अनुशासन

Written by: Sonu Lama - 2026021, Grade VI

Posted on: 08 February, 2021

अनुशासन भनेको नियम  हो  ? अनुशासन त्यस्तो  चिज हो जसले सबै व्यक्तिलाई नियन्त्रणमा राख्छ। अनुशासनले गर्दा नै हामी जीवनमा प्रगति र सफलता प्राप्त गर्न सफल भएका छौँ। खासमा भन्नु पर्दा हामीलाई जीवनका प्रायः सबै ठाउँमा अनुशासन नै चाहिन्छ । विद्यार्थिहरू जब विद्यालय जान्छन त्यहाँ अनुशासन नै हेरिन्छ  ।केही गरी त्यो विद्यार्थीसँग अनुशासन छैन भने त्यो विद्यार्थीलाई नराम्रो  मानिन्छ । यसले मानिसलाई जीवनमा उनीहरूको लक्ष्यमा ध्यान दिन मद्दत गर्दछ । अनुशासित व्यक्तिलाई अनुशासनहीन व्यक्तिभन्दा बढी खुसीका अवसरहरू प्राप्त हुन्छन् । अनुशासन सबैको जीवनको एउटा प्रमुख पाटाे हो । जसले आफ्नो जीवनमा मिहिनेत गछ र अनुशासनकाे पालना गर्छ उसले चाहेको सफलता प्राप्त गर्छ र अर्को तरिकामा भन्नु पदा अनुशासन भनेको नियमहरूकाे पालना गर्नु वा नियमित क्रममा कार्यहरू गर्नु हो । अनुशासन जीवनको धेरै महत्त्वपूर्ण कुरा हो ।