Logo

Student Corner

आँगनीका फूल

Written by: Suprabh Acharya - 2026022, Grade VI

Posted on: 04 February, 2021

बिहानीमा उठ्दा देख्छु आँगनीका फूल 

सँगै देख्छु गमलामा थरी थरी फूल 

चञ्चल चञ्चल मन किन देखेर ती फूल

लाग्छ किन भमराले गर्‍याे  कि केही भुल ।।

 

रङ्गीचङ्गी फूलहरूले फुरूङ्ग छ मन 

आहा ! कस्ताे हराभरा मनै मनमगन ।।

दिनदिनै गाेडमेल गर्छु आँगनीका फूल

जति हेर्‍याे हेराैँ लाग्छ सुभाष दिने फूल ।। 

 

फिरफिर पुतलीले नाच्दै गाउँदै गर्छन् 

माहुरी र भँमराले मेराे आँगन भर्छन् ।।

घामका ती झुल्कासँगै फक्रन्छन् ती फूल 

आहा! मिठाे बासनाले हुने हाे कि भुल ।।

 

घरकाे मठ मन्दिरमा त्यही फूलकाे खाेजी 

त्यही मन्दिर सजाउन टिप्छु राेजी राेजी

सानाे मेराे बगैँचा त्याे रँगाउने फूल 

तिनै फूलमा माहुरीले गर्‍याे कि त भुल ।।