Logo

Student Corner

पौडी खेल्न जाँदा

Written by: Nishan Shrestha - 2024010, Grade VIII

Posted on: 03 February, 2021

म ९ वर्षकाे हुँदा मेरो दाजु अनिस र असिमसँगै म पनि  पौडी खेल्न गएँ । म पहिलो पटक पौडी खेल्न जान लागेको थिएँ। म एक दम उत्सुक थिएँ। गाउँको नदीमा पौडी खेल्नको मज्जा बेग्लै हुन्थ्यो  । मेरी आमा एकदम डराउनुभयो किनकि म सानै थिएँ ।  कतै डुब्ने पो होकी भनेर होला। तर मेरो मनले मानेन । मलाई पौडी खेल्न एक दम रहर थियो। मैले मेरो दाजुसँग भनेँ, ‘ए दाइ म पनि पौडी खेल्न जाने नि, कस्तो रहर लागेकाे  छ ‘।  दाइले पनि नाइ भन्न्  सक्नुभएन म सानो भएर होला। दाइले मेरी आमासँग हामी गाउँ डुलेर औउछाैँ है भनेर भन्नुभयो । हामी पौडी खेल्ने ठाउँतिर गयाैँ । ठाउँ एकदम भिरालो थियो। म एकचोटी गुल्टे पनि तर दाइले थाम्नुभयो। 

हामी नदीमा पुग्याैँ । .एक दम रमाइलो ठाउँ थियो । पुग्नेबितिकै दाइहरू नदीमा हामफाली हाले । म भने डराएर किनार मै बसेँ। एक छिन् पछि म पनि हामफाले।पानी मेरो घाटीसम्म आइपुग्यो । डराएर मैले दाइको हात पकडी हाले। नदीका ढुङ्गाहरू एक दम चिप्ला थिए। म त  चिप्लेर नदीमा पछारिएँ  र डुबेँ। दाइले हतार न पतार नदीमा हामफाले । धन्न दाइ तेतिबेला हुनुहुन्थियो नत्र म आज यो कथा लेखेकाे हुँदैन थिए होला । 

हामी घर फर्क्याैँ । पौडी खेल्नुको मजा नै बेग्लै थियो। घर पुगे पछि आमाले थाहा पाउनुभएछ। मलाई एक दम गाली गर्नुभयो तर मेरो जीवनमा नयाँ अनुभव थपियो। अझै पनि मलाई त्यो दिन याद आउँछ ।