Written by: Aarohi Poudel - 2030046, Grade II
Posted on: 14 January, 2021
हामी साना- साना नानी
स्कुल गई बन्छौँ ज्ञानी
मेरो प्यारो डियरवाक
पाइरहन्छु यसकाे साथ ।
शान्त, सुन्दर स्कुल हाम्रो
यो जस्तो कुनै छैन राम्रो
गुरुआमा, गुरु माया गर्छन् सधैँ
अन्त कतै भेटिदैन, यस्तो स्कुल अझै
चोयो-१ कक्षा दुई हो मेरो
सरल सभ्य साथी, हामी धेरै प्याराे
खुड्किला चढ्दै जान्छौँ, डियरवाक तिम्रो
सधैँ आशीर्वाद मिलोस् प्रार्थना छ हाम्रो ।