Logo

Student Corner

मेरो देश

Written by: Prasanna Shrestha - 2024014, Grade VIII

Posted on: 31 December, 2020

कति सुन्दर मेरो देश नेपाल

ठुलाठुला नदी अनि अति उच्च हिमाल 

प्रकृतिको अनुपम उपहार

विश्वभरि परिचित मेरो देश नेपाल ।

 

बुद्ध सीता भृकुटीको यो मेरो देश

हेर्दै मन लोभ्याउने भाषा अनि भेष

प्रख्यात छ गोर्खालीको गाथा

 नेपालकै पहिचान हो उच्च सगरमाथा ।

 

प्राकृतिक सम्पदाको धनी देश हो नेपाल

टीकाजस्तै आकार भएनि सुन्दरतामा विशाल

चार वर्ण छत्तीस जातको साझा फूलबारी

 मेरो मुटु मेरै घर हो सितल छहारी ।

 

ढुङ्गा, माटो, पानी अनि सबैमा छन् ईश्वर 

यही देशको चर्चा छ सारा विश्वभर 

चन्द्रसूर्य अङ्कित हाम्रो सान हाे झण्डा

कम छैन केहीमा पनि अन्य देशको भन्दा ।

 

कहिल्यै पनि आफ्नो शिर झुकाउँदैन नेपाल 

कहिल्यै पनि नपरोस नि विदेशीको जाल

सुवर्ण अक्षर लिखित इतिहास हाम्रो 

शान्त अनि प्यारो देश  नेपाल हो हाम्रो ।