Logo

Student Corner

लकडाउनमा पदयात्रा

Written by: Niharika Chapagain - 2024008, Grade VIII

Posted on: 28 December, 2020

उहाँहरूले खाना खानुभयो र बुबा बस्नु मात्र भएको थियो कि उहाँले हामीलाई ल्यापटप चलाएको देख्नुभयो। हो, हामी घरमा काम पनि सघाउँछौँ तर ल्यापटप पनि चलाउलकडाउन सुरु भएदेखि म घरमै बसेकी थिएँ । घरमा बस्दा बस्दा मलाई अल्छी लागिसकेको थियो । मेरा आमा र बुवा पनि कार्यालय गइरहनुभएको थियो र उहाँहरूको बिदा शनिबार मात्र हुन्थ्यो । मेरो र मेरो दादाको अनलाइन कक्षा पनि चलिरहेको थियो । हामी सबै आआफ्ना काममा व्यस्त थियौँ तर हामी प्रकृतिकै नजिक बसे पनि प्रकृतिमा रमाउन सकिरहेका थिएनौँ । मलाई घर बाहिर त्यति निस्कन त मन लाग्दैन तापनि घरमा बस्दा बस्दा र ल्यापटप हेरेकाे हेरै गरेर पनि होला मेरो शरीर कमजाेर र शिथिल भइसकेको थियो ।  

  मेरो बुबा भने जहिले शनिबार बिहान साइकल चलाएर मेरो भिनाजुसँग पहाडतिर घुम्न जानुहुन्थ्यो। भिनाजु र बुबा प्रत्येक शनिबार विभिन्न ठाउँहरू जानुहुन्थ्यो। बुबा र भिनाजु जहिले शनिबार साइकल चलाउनुहुन्थ्यो किनभने कसरत गरिएन भने हाम्रो शरीर कमजाेर र रोगी हुन सक्छ । त्यो दिन पनि उहाँहरू ७ बजे साइकल लिएर हिँड्नुभयो । ९ बजिसकेको थियो र हामीले खाना खाइसकेका थियौँ र १० बजे बुबा र भिनाजु घर आइपुग्नुभयो ।छौँ । उहाँले हामीले हाँस्दै घुमेको, रमाएको नदेखेको कत्ति भइसकेको थियो र त्यसपछि आफू गलेको हुँदाहुँदै पनि उहाँले एक्कासि हामीलाई लुगा लगाएर ठिक पर्न भन्नुभयाे । उहाँले हामीलाई सहज हुने कपडा लगाउन भन्नुभयो र हामी पदयात्रा गर्न जाने भन्नुभयो। उहाँले हामी कुन ठाउँ जाने चाँहि भन्नु नै भएन ।  

हामी खुसी भयौँ किनभने हामी धेरै समयपछि घुम्न जाँदै थियौँ। त्यसपछि  आमाले खाजा बनाएर लाने अनि बाटोमा एक ठाउँ खोजेर, बसेर खाने कुरा गर्नुभयो। हामीले खाजा बनायौँ र भाँडाकुँडा बोकेर गाडीमा हाल्यौँ । हामीले माक्स लगायौँ र पुरै तयारीका साथ म, मेरो दादा, आमा र बुबा गाडीमा बस्यौँ। खाजा बनाएर घरबाट हिँड्दा लगभग १ बजिसकेको थियो। हामी भोकाएका थियौँ किनभने हामीले खाना ९ बजे खाएका थियाैँ  तर खुसीका कारण भोक पनि बिर्सिसकेका थियौँ । बुबाले हामीलाई लाकुरी भन्ज्याङ लाने भन्नुभयो किनभने लाकुरी भन्ज्याङ हाम्रो घर नजिक पर्थ्यो तर लाकुरी भन्ज्याङ जाने बाटो हिलो भएर जान नमिलेका कारण हामी अर्कै पहाडतिर लाग्यौँ।

हामी आदि बाटोसम्म गाडीमा गयौँ र त्यहाँ पुग्दा हामीले त्यहाँ ‘भ्यु टावर’ भएको कुरा थाहा पायौँ । हामीले भ्यु टावरसम्म हिडेर जाने र हिडेर आएपछि राम्रो ठाउँ खोजेर खाने विचार गर्‍याैँ । हामी गफ गर्दै पहाडको उकाली ओराली गर्दै हिड्न थाल्यौँ। हामी धेरै हिँडिसकेका थियौँ त्यसैले हामीले एक रुखको छहरामा बसेर दृश्य हेर्ने निर्णय लियौँ । एकछिन आराम गरेर हामी फेरि हिड्न थाल्यौँ । बाटोमा हामीले विभिन्न प्रकारका रुख र बिरुवाहरू देख्यौँ  र धेरै समयको हिँडाइपछि हामी भ्यु टावरसम्म पुग्यौँ ।  

टावर पुगेपछि दृश्य हेर्दा हामीले एक अनौठो कुरा थाहा पायौँ । त्यो भ्यु टावरबाट ललितपुर, भक्तपुर र काठमाडौंँ, तिनैवटा जिल्ला देखिँदो रहेछ। त्यो टावरबाट हामीले हाम्रो घर (काठमाडाैँ, इमाडाेलस्थित) पनि देख्यौँ । त्यो भ्यु टावरको हालत राम्रो थिएन । त्यहाँ काटी, दाउराहरू थिए किनभने त्यो भ्यु टावर बनिसकेको थिएन । हामीले त्यहाँ एउटा बस्ने ठाउँ खोज्यौँ र एकछिन दृश्य हेरेर, थकाइ मार्‍याैँ । हामीले फोटाहरू खिच्यौँ र हामी फेरि आफ्नो गाडी राखेको ठाउँतिर हिड्न थाल्यौँ । बाटोमा हामीले होटेलहरू पनि देख्यौँ । पहाडको टुप्पोमा होटेल पनि रहेछ । त्यहाँका मानिसहरूले उनीहरुको घरमा बिजुली ल्याउन सारै मेहेनत गरेका रहेछन् । त्यहाँको वातावरण हरियाली र स्वच्छ थियो । म र मेरो दादामध्ये को छिटो दौडन्छ भनेर हामी दौडिन थाल्यौँ तर मैले जितिनँ । 

हामी हिँड्दा त्यो शान्त बाटोमा कराउँदै हिँड्यौं र आदि बाटोमा आइपुग्दा त्यहाँ जाडो भए तापनि दौडेको र हिँडेकोले मलाई गर्मी लाग्यो ।  म दौडिएको कारण पसिनै पसिना भएकी थिएँ । बाटोमा मैले झरना जस्तै बग्दै गरेको सफा पानी देखेँ । त्यो पानी पहाडको सफा र चिसो पानी थियो तर सफा पानी भए पनि पिउनु उचित हुँदैन होला भनेर मेरो आमा बुबाले भनेको मानेर मैले त्यो पानीले मुख मात्र धोएँ । त्यो पानी हिउँजस्तै चिसो थियो । मलाई आनन्द लाग्यो । मेरो मुख गर्मीले रातो भइसकेको थियो । म गले पनि मलाई त्यो गलेको भावना र अनुभव मन परेको थियो ।   

हामी कुद्दैकुद्दै गाडी भएतर्फ लाग्न थाल्यौँ किनभने ३ बजिसकेको थियो र हामीले बिहान ९ बजेदेखि केही पनि खाएका थिएनाैँ । हामी गाडी भएको ठाउँमा आइपुग्यौँ र हतार हतार हामीले गाडीबाट भाँडा र खानेकुराहरू निकाल्यौँ ।  म, मेरो दादा, र मेरा बुबा भएर हामीले खानेकुराहरु पस्कियौँ र गाडी भएकै ठाउँमा, गाडीकै नजिकतिर बस्यौँ । हामीले गाडी राखेको ठाउँमा ढुङ्गाहरू राखिएको रहेछ र त्यहाँबाट दृश्य पनि राम्रो देखिँदो रहेछ त्यसैले हामीले त्यहिँ ढुङ्गामा बस्ने निर्णय गर्‍याैँ। 

हामीले गाडीमा बसेर खायौँ भने गाडी फोहोर पार्छौँ कि भन्ने डरले हामी गाडीमा बसेनौँ । हामी गफ गर्दै खाजा खान थाल्यौँ । गफ गर्दागर्दै हामीले खाजा खाइसक्यौँ र भाँडा कुरालाई झोलामा हालेर, फोहोर नगरी हामी गाडीमा चढ्यौं । त्यसपछि हामी घर फर्कियौँ । घरमा आएर हामीले हाम्रो हजुरबुबा र हजुरआमालाई हाम्रो यात्राको बारेमा भन्यौँ र उहाँहरूले अर्को पाली उहाँहरू पनि हामीसँग जाने भन्नुभयो । त्यो दिन म सारै खुसी थिएँ । बुबाले हरेक शनिबार यसरी नै हामी विभिन्न ठाउँ जाने भन्नुभयो । त्यसपछि हामी फेरि आफ्नो दिनचर्यामा व्यस्त भयौँ । लकडाउन भए पनि हामी खेल्नु, कुद्नु र उफ्रिनु आवश्यक छ। हाम्रो शरीरलाई कसरतको आवश्यक हुन्छ। दिनभरि घरमा, एउटा टेबुलमा बस्दाबस्दा हाम्रो शरीर रोगी हुन सक्छ त्यसैले कहिलेकाहीँ पुरै सुरक्षाका साथ घरबाट बाहिर निस्केर खेलकुद गर्दा केही हानिकारक हुँदैन