Logo

Student Corner

अनलाइन शैक्षिक भ्रमणकाे बारेमा साथीलाई चिठी

Written by: Suprabh Acharya - 2026022, Grade VI

Posted on: 27 December, 2020

काठमाडौँ, नेपाल

२०७७/७/१


 

आत्मीय साथी सुरेश,

सुमधुर सम्झना ।

म  यहाँ सन्चै छु। तिमी त्यहाँ सन्चै छाैँ  होला भन्ने आशा  लिएको छु। कोरोना महामारीका कारण तिम्रो विद्यालयको पठनपाठन अनलाइन नै चलिरहेको होला । म पनि अनलाइन कक्षाबाट नै अध्ध्ययन गरिरहेको छु । विद्यालय लागेको बेला त हामी साथीभाइ मिलेर खेल्दै, पढ्दै गरिन्थ्यो तर अहिले घरबाट नै कक्षा चलेकाले साथीहरूसँग भेट हुन पाएको छैन।

कक्षा पाचँमा त सामाजिक शिक्षाकी गुरुआमाले हामीलाई कीर्तिपुर शैक्षिक भ्रमण लानुभाएको थियो । यो वर्ष सबैतिर बन्द भएकाले शैक्षिक भ्रमण जान पाइन्न होला भन्ने लागेको थियो तर हामीलाई त हाम्रो सामाजिक शिक्षाको गुरु र हाम्री कक्षा शिक्षिका मिलेर अनलाइन शैक्षिक भ्रमण गराउनुभयो। अनलाइन शैक्षिक भ्रमण पनि हुन्छ भन्ने कुरा मलाई थाहा थिएन तर मैले अनलाइनबाट नै अमेरिकाको प्राकृतिक इतिहासको स्मिथसोनियन राष्ट्रिय संग्रहालय र नासाबाट हाम्रो सोर्य प्रणाली देख्न पाइयो । यी ठाउँहरूबाट हामीले बोटबिरुवा, जनावरहरू, साैर्यमण्डलका ग्रहहरू, सूर्य, क्षुद्रग्रह,उल्का  र  उल्का पिण्डका बारेमा जान्न पाइयो । 

मलाई त यो धारणा धेरै नै मन पर्‍याे  र हामी सबैले नयाँ र धेरै कुरा जान्न पाइयो । यदि तिम्रो विद्यालयले पनि अनलाइन शैक्षिक भ्रमण गरेको छ भने मलाई लेखी पठाउ है। अरू कुरा भेटमा गरौँला। आजलाई यति नै ।

 

तिम्रो प्रिय साथी,

सुप्रभ आचार्य