Logo

Student Corner

काेराेना

Written by: Samip Aryal - 2024018, Grade VIII

Posted on: 17 December, 2020

विश्वमा कोरोनाकाे महामारी छ । अहिलै विश्वका धेरैजसाे देशहरूका मानिसहरूलाई कोरोना लागेको छ भने नेपालमा पनि महामारीकाे क्रम बढिरहेकाे छ । विश्वमा कोरोना सङ्क्रमित भई मृत्यु हुनेकाे सङ्ख्या काेराेडाैँ पुगेकाे छ भने नेपालमा पनि  मृत्यु हुनेकाे सङ्ख्या बढ्दाे देखिन्छ । कोरोनाको कारण नेपालमा पनि लामाे समयसम्म लकडाउन भएकाे अवस्था थियाे  । 

कोरोना डिसेम्बर २०१९ मा चीनको बुहानबाट शुरू भएको थियाे । पछि अमेरिकामा काेराेनाकाे सङ्क्रमण व्यापक हुन पुग्याे । त्यहाँ हजाराैँ  मानिसहरूलाई कोरोना लागेको छ । हुन त अहिले काेराेना भाइरसकाे खाेप पनि विभिन्न देशका परीक्षण पनि भइरहेका छन् । 

काेराेनाबाट बच्न हामीले सामाजिक दुरी कायम गर्नपर्छ। दिनमा पटक पटक कम्तिमा पनि पाँच मिनेटसम्म हात धुनुपर्छ। बाहिर जाँदा मास्क लगाउनुपर्छ।  काेराेना महामारीका कारण अझैसम्म पनि विद्यालय खुलेका छैनन् । त्यसैले पनि अरूजस्तै म र  मेरो परिवार घरमा नै बसिरहेका छौं । तर घरमा नै अनलाइन कक्षा पढिरहेका  छाैँ।