Written by: Niharika Chapagain - 2024008, Grade VIII
Posted on: 14 December, 2020
“बुबा!” भनेर रुँदै सबिताले आफ्ना आँखाबाट खुसीका आँसु झार्दै कराई। उसले पहिलो पटक आफ्नो बुबालाई गर्वकाे महसुस गराएकी थिई।
सबिता रामकोट गाउँको एक धनी र असल मानिसकी छोरी थिई। सबिताका बुबा गाउँकम सबैभन्दा धनी मानिस थिए तर धनी भए तापनि उनमा कुनै किसिमको घमन्ड थिएन। उनी आफ्नी छोरीलाई यति माया गर्थे कि छोरीलाई सधैँ आफ्नै आँखाको सामु राख्न चाहान्थे।
उनले आफ्नी छोरीलाई आफ्नै आँखाको ताराझैँ सजाएका थिए । उनको घरमा सबिताको जन्म हुँदा उनी जस्तो खुसी कोही पनि थिएन। गाउँलेहरू “छोरी ?” भन्दै घृणाको नजर देखाउँथे तर सबिताका बुबा माथि गाउँलेको कुराको केही असर परेन।
उनी बस ती गाउँलेलाई गलत साबित गर्न चाहन्थे। त्यही कारणले होला सबिताको पालनपाेषण राम्रोसँग भयो। सबिता भने सानैदेखि आमा र बुबाको मायाले गर्दा पुल्पुलिएकी एक जिद्दी केटी थिई ।
उसले सानैदेखि जे मागे पनि उसका आमा बुबाले उसलाई ल्यइदिएका थिए। ऊ पढाइ र खेलाइ दुबैमा राम्रो थिई तर ऊ अलिकति धेरै नै पुल्पुलिएर बिग्रिएकी थिई ।
ऊ गाउँकै एउटा विद्यालयमा पढ्थी। गाउँको विद्यालय भए तापनि विद्यालय राम्रो थियो किनभने सबिताका बुबाले विद्यालयमा हुनुपर्ने सुविधा ल्याउन विद्यालयका प्रधानध्यापकलाई सहयोग गरेका थिए।
त्यसकारण गाउँका अरु बालबालिकाले पनि राम्रो शिक्षा प्राप्त गरेका थिए।
सबिता एक दिन लुगा लगाई खाना खाएर झोला बोकेर विद्यालय जादैँ थिई ।
बाटोमा हिँड्दै गर्दा उसलाई “ओइ तैँले सुनिस् ?” भनेर कसैले बोलायो।
पछाडि फर्केर हेर्दा त उसलाई सीमाले बोलाएकी रहिछ। “के ?” भनेर सबिताले चासो लागे जस्तो गरेर सीमालाई सोधी।
सीमाले निराश हुँदै सबितालाई भनी, “तँलाई थाहा छैन ? पुरै गाउँलेले थाहा पाइसके।
रिमाको बिहे अर्को हप्ता अरे त!” सिमाले बोल्ना साथ सबितालाई एक झट्का लाग्याे।
रिमा सबिताकी एक मात्र घनिष्ट मित्र थिई । सबितासँग साथी बन्नेहरू सब उसका पैसाको कारण उसकम साथी थिए तर रिमा भने सबिताकी एक मात्र साँचो मित्र थिई ।
रिमाको विवाहको खबर सुन्दा सबिता दङ्ग परी र ऊ विद्यालय जानको साटो रिमाको घरतिर लागी ।
सबितालाई आफ्नो घरमा देख्दा रिमा अत्ति नै खुसी भई तर सबिताले उसको विवाहको कुरा के हो भनेर सोध्दा उसको हँसिलो अनुहारमा कालोपन छायो।
रिमाले दु:खी भए। खाटमा बस्दै भनी “तँ कति भाग्यमानी ! तेरा त बाआमाले तँलाई यति माया गर्छन् कि तँलाई कहिी पनि जान दिँदैनन्। मेरा बाआमा त छोरी जन्मिनेबित्तिकै विवाह गरेर पठाइदिनुपर्छ भनेर भन्छन् ।
म उनीहरूका लागि बोज हुँ जस्तो गर्छन्।” यति भन्दै नभन्दै सबिताका आँखाबाट आँसु झरे।
उसले रुन्चे स्वरमा सोधी “तैँले तेरो सहर गएर जागिर गर्ने सपना तेरा आमा बुबालाई भनिस् त ?” यति भन्दैमा रिमा ह्वाँ हवाँ गर्दै रुन पाे थाली । उसकाे रूवाइ अर्थ राम्राेसँग बुझी।
त्यो दिन सबिनाले आफ्नो आमाबुबाले ऊप्रति देखाएको माया बुझी र उसलाई आफ्नो आमाबुबालाई गर्व महसुस गराउन मन लाग्यो ।
सोही दिन आमाबुबाले ऊप्रति गरेको विश्वास बुझी र आफ्नो जिद्दीपन र अट्टेरीपन हटाएर मेहेनत गरेर आफ्नो आमा बुवालाई गर्व महसुस गराउने प्रण लिई।
उसले मेहेनत गरेर झन् राम्रोसँग पढ्न थाली केही कुराले उसको ध्यान विचलित भयो कि उसकी साथी रिमा र उसले लिएको प्रणको बारेमा सोच्थी।
त्यसो गर्दा गर्दै १० बर्ष बित्यो। सबिता पढ्न सहर गएकी थिई । उसले डाक्टरी पढ्न सहर जान जसोतसो गरेर आफ्नो बुबालाई मनाएकी थिई । ६ वर्ष जति सहरमै पढी पनि । पछि डाक्टर भएर आफ्नो गाउँ फर्की ।
६ वर्षमा पटक पटक आमा बुवालाई भेट्न आइरहन्थी तर यस पटक ऊ पढाइ सकेर सधैँको लागि गाउँ फर्किदै थिई।
गाउँ फर्किएर उसले गाउँको अस्पतालमा काम गर्न थाली र उसले सुरूकाे दिन अस्पतालमा एक मानिसको उपचार गरी र आफ्नो बुबाको शिर ठाडो पारी । उसको बुवाको नाक गर्वले फुलेकाे भएको थियो।
सबिताले मेहेनत गरेर सबै गाउँलेको अनुहार हेर्नलायक बनाई । त्यसपछि सबैले आफ्ना छोरीहरूलाई पढाउन थाले । त्यसपछि त्यस गाउँमा बालविवाह पनि हुन छोड्यो।