Logo

Student Corner

यसपालिकाे दसैँ

Written by: Suprabh Acharya - 2026022, Grade VI

Posted on: 03 December, 2020

(सुप्रभ र रमेश मिल्ने साथी हुन् । उनीहरू काेराेना कहरकाे बिचमा आएकाे दसैँकाे विषयमा कुराकानी गर्दै छन् ।)

रमेशः सुप्रभ सन्चै छाैँ । के छ तिम्राे नयाँ ताजा खबर ?
सुप्रभः  ठिकै छ । अनि तिम्राे के छ हालखबर ?  सुनाउन ।
रमेश: मेराे ठिकै छ ।  सुप्रभ, तिम्रो दसैँ कस्तो भयो नि ? मेरो त धेरै रमाइलो भएको थियो।

सुप्रभ: मेरो त त्यस्तो रमाइलो भएन यो पटकको दसैँ।

रमेश: किन नि, कोरोनाले ?

सुप्रभ: होइन, मेरो मम्मी अलि बिरामी पनि हुनुभयो। त्यहाँमाथि  हाम्रो घरको आफन्त स्वर्गबास भएकाले घरमा टीका लगाउन भएन। त्यही भएर नि । 

रमेश: ओहो! कस्तो दुःखको कुरा । घरमा नभए पनि मामाघर त गयौ होला नि ?

सुप्रभ: अँ, मामाघर त गएँ तर मामाघरमा पनि टीका थिएन । तै पनि सबै जना भएर रमाइलो भने गरियो।  

रमेश: ए, के गरेर रमाइलो गर्‍याै त? 

सुप्रभ: मामाघरमा खसी काट्यौँ, सबै भेला भयौँ, थरिथरिका परिकार खायौँ। मलाई त खसीको मासुको कबाफ कस्तो मनपर्‍याे । मैले मेरा दिदी, दाजुहरू र भाइसँग मिलेर चङ्गा नि उडाएँ। तिमी नि सुनाउन दसैँमा  के के गरेर रमाइलाे भयाे ? 

रमेश: यो दसैँमा म मेरो मामाघर गएँ। मेरो मामाघर धनगढी हो। म पहिलो पटक हवाइजहाज चढेर गएको नि मामाघर। बाटोमा हिमाल, पहाड, फाँट, खेत देख्दा कस्तो रमाइलो भयो। बेलाबेलामा हवाइजहाजले हल्लाउदा चाहिं मन नै सिरिङ्ग भयो। धनगढी पुगेपछि मामा लिन आउनुभयो। मामाको गाडीमा चढेर मामाघर जाँदा बाटामा खेतभरि धान पाकेको देखेर मन नै रमायो। अनि नि तराईतिर त चौरमा कति धेरै लिङ्गे पिङ्ग पनि हुँदा रहेछन्। यस्ता कुरा त मैले सहरमा देखेकै थिइनँ।   

सुप्रभ: ए, अनि कोरोनाको महामारीमा पनि तिमी गाउँ गयौ ? कोरोना सर्ने डर भएन त ?

रमेश: डर त भयो तर हामी यहाँ घरमा पनि सुरक्षित बसेका थियौँ । हवाइजहाजमा पनि सावधानीपूर्वक चढाउँदो रहेछ। सबैलाई मास्क, स्यानिटाइजर, फेस सिल अनिवार्य गर्दो रहेछ। हामीले पनि साथमा स्यानिटाइजर बोकेका थियौँ र बेलाबेलामा लगायौँ। घर पुग्ने बित्तिकै सरसफाई गर्‍याैँ  र नुहाएर सफा लुगा लगायाैँ । एक दुई दिनसम्म सामाजिक दूरी कायम गरेर घरका अरू सदस्यसँग भिडभाड नगरी  बस्याैँ । त्यसैले हाेला हामी कसैलाई पनि काेराेनाले दुःख दिएन । 

सुप्रभ: आहा! कस्तो राम्रो काम गरेछौ। हामी सबैले यसरी नै स्वास्थ्य सुरक्षा अपनाउन सके कोरोनाबाट बच्न सकिन्थ्यो होला। तिमी हामी सबैले आफ्नो घरमा र छिमेकमा जानेको कुरा सिकाऔँ र नजिकै आउन लागेको तिहार पनि साबधान भएर मनाऔँ । तिमीलाई तिहारको शुभकामना। लत आजलाई छुटाैँ है।

रमेश: ल त छुटाैँ। फेरी भेटौँला।
(‍दुबैजना छुट्टिन्छन्।)