Written by: Prasharya Shrestha - 2025022, Grade VII
Posted on: 25 November, 2020
वर्षा ऋतुपछिको खुला आकाश
यसैबिचमा आउने यी ठुला चहाड
देवी भवानी पूजी मनाई दसैँ
रातो टिका जमराले रमायाे मन जसै ।
पुर्खादेखि मनाएका रमाइला चाडपर्व
काग, कुकुर, गाई पूजी गर्छाैँ हामी गर्व
पूजा गर्छाैँ गाई माता, लक्ष्मीसमान मानी
आफ्नै काँधमा रमाइलाे परम्परा धानी ।
झिली मिली पारी घर आगन सारा
लिपी पोती गरी आगन राता
गरी लक्ष्मी पूजा बाल्याैँ बत्ती झिलिमिली
देउसी भैलो गर्दै गुन्ज्याे घर, आगन आली।।
दाजुभाइ पुजी मखमली माला पहिराई
माया अनि सम्मान देखाउछौँ रमाई
लामो आयुको कामना गर्छन् दिदी बहिनी
भन्छन् जुग जुग बाँच प्यारा दाजुभाइ तिमी ।