Logo

Student Corner

साथी

Written by: Simona Sirish - 2025017, Grade VII

Posted on: 24 November, 2020

 हातमा हात समाएर हुर्क्याैँ बढ्याैँ सँगै
बाल्यकालका याद अझै छन् हाम्रो मनमा ताजै । 
छाड्न हामी सक्ने छैनौँ एकअर्काको साथ
 अझै पनि सँगै हिँड्छाैँ  समाएर हात ।

सधैं हामी मिलिजुली सँगै सँगै बस्छाैँ 
मित्रतालाई नजिक पार्न सधैँ कम्मर कस्छाैँ ।
हामी धेरै खुसी हुन्छौँ जब पाउँछौं  साथ
 साथमै भए पत्तै हुन्न बितेको दिन रात ।

खुसीमा हास्छाैँ  हामी दुःखमा सँगै रुन्छाैँ 
 पढ्दा लेख्दा खेल्दा हामी सँगैसंगै बस्छाैँ  ।
घरअनि बाटोघाटो स्कुलमा पनि
साथीभाइको न्यानो माया मन मुटु मै छ नि ।

 कहिलेकाहीँ झगडा गर्छौं अनि  छिट्टै मिल्छाैँ 
जब हाम्रो झगडा पर्छ दुख मान्छौँ रुन्छाैँ ।
प्याराे  साथी अरुसँग नहोस् भन्ने लाग्छ
अरुसँग साथी मिले  रिसको आगो बल्छ ।