Logo

Student Corner

जीवन

Written by: Riddhis Sharma - 2025012, Grade VII

Posted on: 22 November, 2020

 किन लाग्छ मलाई सधैँ सबै कुरा राम्रो
 कहिले कसैलाई नहोस् है नराम्रो
 किन लाग्छ  सबकाे  मनमा यति धेरै डर
 ए प्याराे  डर अलि उता सर ।

 यति अनौठो रहेछौ  जीवन तिमी त 
 हुन सकेनाैँ  तिमी कहिल्यै सरल
 मर्ने र बाँच्ने क्रम नै चलिरहन्छ
साेचेमा  धेरै कुरा मनमै  दबिन्छ ।

 यता, उता, जता, तता घुम्न मन लाग्छ
 भाेलि  के पो हुने होला भन्ने डर लाग्छ
 जति बाँच्छाै बाँचौ कहिल्यै नराम्रो नगरी
  राम्रा काममा हात बढाउँ सधैँ अघि सरी ।

मृत्युसंग नडराई हामी अघि बढ्नुपर्छ
क्षणिक जीवन अचम्मकाे मृत्युवरण गर्नैपर्छ
 अचम्मैको यो जीवनको राम्रो प्रयोग गरौँ
 मृत्युसँग नडराई हाँसी हाँसी मरौँ  ।