Logo

Student Corner

कुकुर

Written by: Smriti Shrestha - 2028053, Grade IV

Posted on: 17 November, 2020

कुकुर घरपालुवा जनावर हाे । यसले घरकाे सुरक्षा गर्छ ।  कुकुरलाई हामीले किनेर ल्याई आफ्नो घरमा राख्न सक्छौँ । सबै कुकुरको नाम एउटै हुँदैन ।  कुकुरहरू फरक-फरक रङगका हुन्छन् ।  कुकुरहरू फरक फरक खालका हुन्छन्  ।  जस्तैः  जर्मन सेफर्ड,बुल कुकुर आदि ।  कुकुरका बच्चाबच्चीलाई छाउरा छाउरी भनिन्छ  । मसँग  पनि एउटा कुकुर छ ।उसकाे नाम जर्मन सेफर्ड  हो । त्यस  कुकुरले हामी नभएको बेलामा रातिको समयमा घरको रेखदेख गर्दछ । जब घरमा कोही नयाँ मानिस आउँछ त्यसबेला ऊ टोल नै थर्कने गरी कराउँछ । उसको बानी धेरै राम्रो छ । उसले म बोलेको सबै भाषा बुझेर आज्ञापालन गर्छ । हाम्राे कुकुरले  आफूलाई माया गर्ने र एक पटक चिनेकाे  मानिसलाई कहिल्यै भुल्दैन ।पशु भए पनि उसले मानिसले गर्नेजस्तै  धेरै  व्यवहार गरेर देखाउँछ  ।  उसले आफूलाई माया गर्ने जति सबै मानिसलाई उत्तिकै माया गर्छ । मेरो कुकुरलाई मासु धेरै मन पर्छ ।  उसलाई अन्य खाना मिसाएर मासु दियो भने मासु मात्रै खान्छ र अरू खानेकुरा फाल्छ । यो उसको खराब बानी हो ।  कुकुरको महत्त्व धेरै छ ।  कसैले कुकुर घरको शोभा बढाउनको लागि पाल्ने गर्दछन् भने  कसैले साथीकाे रूपमा पनि पाल्ने गर्दछन्  अनि कसैले घरको रेखदेख गर्न पनि पाल्ने गर्दछन् ।  कुकुरले हामीलाई घरको धेरै काममा मद्दत गर्दछ ।  कुनै-कुनै कुकुरले त अपराध गर्ने मान्छेलाई सुघेर पनि पत्ता लगाउँछन् ।  अहिले सुरक्षाको दृष्टिकोणले पनि कुकुरको महत्त्व  धेरै छ ।   कुकुरका धेरै बेफाइदाहरू पनि छन ।  कुकुरले यदि हामीलाई टाेकिहाल्यो भने रेबिजजस्तो डरलाग्दो राग पनि लाग्न सक्छ ।  यस्तो रोग लाग्यो भने मानिसको मृत्यु हुन्छ ।  त्यसैले समय समयमा कुकुरलाई रेबिज विरुद्धको  सुइ लगाउनुपर्दछ ।  थोरै बेफाइदा भए पनि कुकुर कामको दृष्टिकोणले धेरै उपयोगी जनावर हो ।