Written by: Anumesh Shrestha - 26007, Grade XI
Posted on: 16 September, 2024
हिमाल पहाड तराई
कोही छैनन् पराई ।
धेरै उच्च छन् हिमाल
यही हो हाम्रो नेपाल ।
छन् यहाँ हरिया वन
खेती नै हो यहाँको धन ।
निक्कै छ हाम्रो देशमा कृषि
कोही बने ज्ञानी कोही बने ऋषि ।
खोला छ धेरै पानी पनि
विश्वमा दोस्रो धनी हाैँ हामी ।
उचाईमा कसले छुन सक्छ र
गोर्खालीभन्दा निडरको हुन सक्छ र ।
पाइन्छ यहाँ निक्कै अमूल्य काठ
छन् यहाँ धेरै मिहिनेत हात ।
अन्त्य गरी हातपात
मिलेर रहौँ साथसाथ ।