Written by: Binit Kayastha - 25075, Grade XII
Posted on: 13 September, 2024
तिमी छौ म छु र त यो जगत् छ आमा
यो नसा नसामा तिम्रै रगत छ आमा ।
जे हुनु भएरै छोड्छ नआत्तिनु आमा
भो नसोच ज्यादा यो संसार फगत छ आमा ।
समयले धेरै कुरा सिकाउँदै छ आमा
को आफ्नो को पराइ अवगत छ आमा ।
संसार जितिन्छ दुई मन एक ढिक्का भए
कसलाई थाहा मायामा कति तागत छ आमा ।
नाच्न, रम्न, गाउँन मन छ तिमीसँग आमा
तिम्रै मायाको तागत लागेको छ आमा ।