Written by: Dikshant Neupane - 26004, Grade XI
Posted on: 12 September, 2024
नेपाल हाम्रो यो प्यारो देश
संस्कृति र धर्म छन् विशेष ।
यो हो मातृभूमि पूज्यभूमि हाम्रो ,
कुनै छैन देश यो भन्दा राम्रो ।
आकाशमा देखिने नौलाख तारा
मिलेर बस्छन् नेपाली सारा ।
हिन्दु , बुद्ध र इसाई जस्ता धर्म
गर्छौँ इमान्दारी साथ आआफ्ना कर्म ।
रगत पसिना बगाएर देश बनाए
यो देश नेपाल हो भनी विश्वभर जनाए ।
संसारको सबैभन्दा उच्च सगरमाथा
थुप्रै पाइन्छन् हाम्रा वीरहरुका गाथा ।
यही उपस्थित छ पशुपतिनाथ
हिँडछौँ हामी बुद्धका सिकाइ साथ ।
नेपालमा ल्याए पृथ्वीनारायणले एकता
गर्व लाग्छ मलाई नेपाली भनी चिनाउँदा ।