Written by: Aditya Kumar Gupta - 25027, Grade XII
Posted on: 11 September, 2024
प्रेम प्रभुको बसिरहेछ
मन, पिऊ अमृतको धार
सातै तीर्थ तिम्रोभित्र
कसलाई खोजेको बाहिर ?
कण कणमा हरि, क्षण क्षणमा हरि
मुस्कानमा, अणुवाणमा हरि
मनको आँखा खोलेपछि
तिमीले दर्शन पाउने छौ
कुन रूपमा आइपुग्छन्
नारायणलाई भेट्ने छौ ।
नियति भेद गर्दैन
जति लिन्छ त्यति दिन्छ
जसले छर्छ त्यही काट्छ
यो संसार कर्मको खेती हो ।
नकी कहिल्यै व्यर्थ जाँदैन
हरी लेखा जोखा राख्छन्
जसले अरुलाई फुल दिए
उसका हात पनि सुगन्ध दिन्छन्
एक गहिरो प्रश्न छ
जसको हरिले परीक्षण गर्ने छन्
तिम्रो श्रद्धा सुन हो
कि खाली सुनको पानी हो ।