Logo

Student Corner

मेरो देश

Written by: Divyesh Bajracharya - 26006, Grade XI

Posted on: 10 September, 2024

यो नेपाल मेरो देश 

पाइन्छ यहाँ फरक संस्कृति र भेष 

मेरो देशमा छ हिमाल पहाड र तराई 

यहाँ सबै भाइभाइ छैन कोही पराइ 

 

मेरो देश छ माथि अरुभन्दा 

माया गर्छु म यसलाई सबैभन्दा 

उडाउँछु  आफ्नो देशको निलोरातो झण्डा 

छैन  कोही वीर गोर्खालीभन्दा 

 

नेपालमा छन् थुप्रै सुन्दर सहर र गाउँ 

फरक धर्म र संस्कृति भएका ठाउँ 

नेपालीको मनमा सबैप्रति भाव छ शुद्ध 

जन्मिए यही  महान् गौतम बुद्ध 

 

मेरो देश मेचीमहाकालीसम्म 

कर्तव्य  हो हाम्रो जय नेपाल भन्न 

बग्न दिन्नौँ आँसु कसैको आँखाबाट 

बरू छोड्छौँ गाँस छोड्दैनौ साथ