Logo

Student Corner

कृष्ण जन्माष्टमी

Written by: Avilasha Manandhar - 32054, Grade V

Posted on: 30 August, 2024

हिन्दु धर्मकाअनुसार भगवान विष्णुका आठौँ अवतार श्री कृष्णको जन्म भाद्र महिनाको अष्टमी तिथिमा भएको हो । यो पर्व प्रायः भदाै महिनामा पर्दछ । यस दिन भक्तजनहरू बिहानदेखि रातिसम्म विशेष पूजा अर्चना गर्छन् । धेरै मानिसहरू मन्दिरमा जान्छन् र श्री कृष्णको पूजा गर्छन् । मन्दिरहरूलाई विशेष सजावट गरिन्छ । भक्तजनहरू भजन गाएर नाचगान गर्छन् ।  यस दिनलाई श्री कृष्णको जन्म उत्सवको रूपमा मनाइन्छ । श्री कृष्णको जन्म राति भएको थियो । घरमा पनि विशेष तयारी गरिन्छ । मानिसहरू श्री कृष्णको तस्वीरलाई फूलले सजाउँछन् । धेरै ठाउँमा बच्चाहरू कृष्णको रूप धारण गरेर नाचगान र नाटक प्रस्तुत गर्छन् । यो चाडको अवसरमा स्वादिष्ट मिठा खानेकुराहरू पनि तयार गरिन्छ । कृष्ण जन्माष्टमीको अवसरमा विभिन्न सांस्कृतिक र धार्मिक कार्यक्रमहरू आयोजना गरिन्छ । यस दिनलाई विशेष बनाउनको लागि गाउँमा परम्परागत कार्यक्रमहरू पनि गरिन्छ । याे वर्ष भदाै १० गते श्री कृष्ण जन्माष्टमी पर्व परेकाे छ ।