Written by: Smriti Shrestha - 2028053, Grade IV
Posted on: 17 November, 2020
कुकुर घरपालुवा जनावर हाे । यसले घरकाे सुरक्षा गर्छ । कुकुरलाई हामीले किनेर ल्याई आफ्नो घरमा राख्न सक्छौँ । सबै कुकुरको नाम एउटै हुँदैन । कुकुरहरू फरक-फरक रङगका हुन्छन् । कुकुरहरू फरक फरक खालका हुन्छन् । जस्तैः जर्मन सेफर्ड,बुल कुकुर आदि । कुकुरका बच्चाबच्चीलाई छाउरा छाउरी भनिन्छ । मसँग पनि एउटा कुकुर छ ।उसकाे नाम जर्मन सेफर्ड हो । त्यस कुकुरले हामी नभएको बेलामा रातिको समयमा घरको रेखदेख गर्दछ । जब घरमा कोही नयाँ मानिस आउँछ त्यसबेला ऊ टोल नै थर्कने गरी कराउँछ । उसको बानी धेरै राम्रो छ । उसले म बोलेको सबै भाषा बुझेर आज्ञापालन गर्छ । हाम्राे कुकुरले आफूलाई माया गर्ने र एक पटक चिनेकाे मानिसलाई कहिल्यै भुल्दैन ।पशु भए पनि उसले मानिसले गर्नेजस्तै धेरै व्यवहार गरेर देखाउँछ । उसले आफूलाई माया गर्ने जति सबै मानिसलाई उत्तिकै माया गर्छ । मेरो कुकुरलाई मासु धेरै मन पर्छ । उसलाई अन्य खाना मिसाएर मासु दियो भने मासु मात्रै खान्छ र अरू खानेकुरा फाल्छ । यो उसको खराब बानी हो । कुकुरको महत्त्व धेरै छ । कसैले कुकुर घरको शोभा बढाउनको लागि पाल्ने गर्दछन् भने कसैले साथीकाे रूपमा पनि पाल्ने गर्दछन् अनि कसैले घरको रेखदेख गर्न पनि पाल्ने गर्दछन् । कुकुरले हामीलाई घरको धेरै काममा मद्दत गर्दछ । कुनै-कुनै कुकुरले त अपराध गर्ने मान्छेलाई सुघेर पनि पत्ता लगाउँछन् । अहिले सुरक्षाको दृष्टिकोणले पनि कुकुरको महत्त्व धेरै छ । कुकुरका धेरै बेफाइदाहरू पनि छन । कुकुरले यदि हामीलाई टाेकिहाल्यो भने रेबिजजस्तो डरलाग्दो राग पनि लाग्न सक्छ । यस्तो रोग लाग्यो भने मानिसको मृत्यु हुन्छ । त्यसैले समय समयमा कुकुरलाई रेबिज विरुद्धको सुइ लगाउनुपर्दछ । थोरै बेफाइदा भए पनि कुकुर कामको दृष्टिकोणले धेरै उपयोगी जनावर हो ।