Logo

व्यवस्थापन


Rudra Pandey
रुद्र पाण्डे, PhD नेपालको सफ्टवेयर आउटसोर्सिङ उद्योगमा एक अग्रगामी व्यक्ति हुन्। उनी सँग सूचना प्रविधि आर्थिक सेवा उद्योगमा महत्त्वपूर्ण अनुभवहरू छन्। सूचना प्रविधि आर्थिक सेवा उद्योगमा महत्त्वपूर्ण अनुभवहरू छन्।उनी नेपालमा अझै पनि पश्चिमी देशमा जस्तो राम्रो विद्यालयहरू नभएको र डियरवाक सिफल स्कुलले त्यस रिक्ततालाई पूरा गर्ने विश्वास लिएका छन् । रुद्रले पाकिस्तानबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक र नर्थइस्टर्न विश्वविद्यालय, संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।

रुद्र पाण्डे - अध्यक्ष - डियरवाक ग्रुप

Surendra Adhikari
सुरेन्द्र अधिकारीले डिटुहकाइमा प्रशिक्षण, संचालन विभाग प्रमुखको रूपमा धेरै वर्षको बहुमूल्य अनुभव सङ्गालेका छन्।डियरवाक इन्स्टिच्यट अफ टेक्नोलोजीको प्रमुखमा उहाँ सबै निर्णय निर्माण कार्यको नेतृत्व लिनुहुन्छ जसले इन्सटिच्युट र सबै विद्यार्थीलाई दीर्घकालीन फाइदा पुर्‍याउँछ । DWIT मा छरितो प्रशासनिक कामकाज र परिचालन गतिविधिहरूको जिम्मा उनको काँधमा छ। सुरेन्द्रले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट सिभिल इन्जिनियरिङमा स्नातक र हल्यान्डबाट हाइड्रोलिक इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्।

सुरेन्द्रनाथ अधिकारी - अध्यक्ष

Bijaya Kumar Shrestha
विजय कुमार श्रेष्ठ करिब दस वर्षदेखि शिक्षा क्षेत्रमा संलग्न छन् । उनले प्रविधिमा काठमाण्डौँ विश्वविद्यालयबाट स्नातकोत्तर र एच्. एन्. बि. गढवाल विश्वविद्यालयबाट सूचना तथा प्रविधिमा दोस्रो स्नातकोत्तर गरेका छन् । उनले भ्याली पब्लिक हाइयर सेकेन्डरी स्कुलमा माध्यामिक तहमा गणित विषय अध्यायपन पनि गरेका थिए । उनी हाल डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीमा शैक्षिक कार्यक्रम व्यवस्थापकका रुपमा कार्यरत छन् । उनले ई-शिक्षामा केही सोधपत्रहरु पनि प्रकाशित गरेका छन् |

विजय कुमार श्रेष्ठ - प्रिन्सिपल

सन्देश छोड्नुहोस