Logo

थप पाठ्यक्रम


पाठ्यक्रममा नेपाल सरकारले तोकेको आधारभूत आवश्यकता भन्दा बढि डियरवाक सिफल स्कुलले हरेक कक्षामा निम्न अतिरिक्त विषयहरू पढ्नु पर्ने छ नियम जारी गरेको छ:

संस्कृत र चिनियाँ भाषा

भाषा सिक्दा अन्य संस्कृतिका विभिन्न सूक्ष्म जानकारीहरू प्राप्त हुन्छ । हामी सबै जना नयाँ संस्कृति बारे जानकारी राख्न र उनीहरूलाई सम्मान गर्न तत्पर हुनु पर्छ भन्ने विश्वास राख्छौँ । अध्ययनहरूले देखाए अनुसार नयाँ भाषा सिक्न कक्षा १ देखि कक्षा १० सम्म सबै भन्दा उपयुक्त समय हो । हामी कक्षा १ देखि कक्षा ७ सम्म संस्कृत तथा कक्षा ४ देखि ७ सम्म चाइनिज भाषा अध्यापन गर्दछौं ।

अङ्ग्रेजी र नेपाली साहित्य

प्रायजसो सबै पेसाहरुमा आफ्नो बिचारहरू राम्ररी प्रस्तुत गर्ने कला आवश्यक हुन्छ र सो हासिल गर्न लेखन कै प्रयोग हुन्छ । हामी त्यसैले हाम्रा विद्यार्थीहरूलाई अङ्ग्रेजी तथा नेपाली लेखाइलाई सहज र जानकार रूपमा प्रयोग गर्न उत्प्रेरित गर्नका लागि हरेक महिना एक-एक वटा अङ्ग्रेजी र नेपाली किताब अध्यापन गर्दछौं ।

कम्प्युटर विज्ञान

कम्प्युटर र त्यसमा चल्ने सफ्टवेयरहरू जहाँ गए पनि भेटिन्छन् । मोबाइल फोनहरू जुन हामी कुरा गर्नको लागि मात्र प्रयोग गर्थ्यौँ आज भोलि कुरा गर्ने यन्त्रमात्र नभएर धेरै कुरा गर्न सक्नेभइसकेका छन् । दुनियाँका विद्यार्थीहरु अहिले कम्प्युटर विज्ञानमा लाग्न प्रोत्साहित भएका छन् र नेपालका विद्यार्थीहरू पनि त्यस भन्दा भिन्न हुनुहुँदैन भन्ने हाम्रो विश्वास छ । हामी कक्षा १ देखि कक्षा १० सम्म कम्पुटर विज्ञान अध्यापन गर्दछौं ।

सन्देश छोड्नुहोस