Logo

समुदाय


लगभग १५० मिटर लम्बाइ र १२० मिटर चाैडाइ भएकाे सिफल चाैर सिफल क्षेत्रकाे एक प्रसिद्ध स्थल हाे । यस चाैरमा मानिसहरू बिहान बेलुका खेल खेल्दछन् भने दिउँसाे यस वरपर अाराम तथा गफगाफ गरेर समय कटाउने गर्दछन् । यसकाे एक कुनामा बास्केट बल काेर्ट बनाइएकाे छ र यसकाे व्यवस्थापन सिफल युवा क्लबले गरिरहेकाे छ । यस चाैरमा विशेष गरी बिदाका दिनमा फुटबल, क्रिकेट लगायतका खेलकुदहरू अायाेजना गरिन्छन् । खेलकुद बाहेक सिफल चाैरसँग एेतिहासिक सन्दर्भ पनि जाेडिएकाे छ । सिफल त्याे ठाउँ हाे जहाँ धर्मभक्त माथेमालार्इ वि. सं. १९९७ माघ १३ गते मृत्युदण्ड दिइएकाे थियाे । उनलार्इ राजद्राेहकाे अभियाेगमा राणा शासकहरूले सिफलस्थित पिपलकाे बाेटमा झुन्ड्याएर मृत्युदण्ड दिएका थिए । सिफल चाैरबिना यस क्षेत्रका नेवार समुदायले मनाउने जात्राहरू अपूर्ण रहन्छन् । अन्य समयमा याे चाैर खाली देखिए पनि चाडपर्वका समयमा भरिभराउ हुन्छ । सिफल क्षेत्रमा बसाेबास गर्नेमध्ये अाधाभन्दा बढी जनसङ्ख्या नेवार समुदायकाे रहेकाले उनीहरूले मनाउने अधिकांश जात्रा तथा चाडपर्वका कार्यक्रमहरू यसै चाैरमा अायाेजना गरिन्छन् । यस क्षेत्रका अन्य धार्मिक तथा सांस्कृतिक स्थलहरूमा जय वागीश्वरी मन्दिर, ताम्रेश्वर महादेव मन्दिर तथा पिपल बाेट पर्दछन्, जहाँ विभिन्न स्थानबाट मानिसहरू पूजा अाराधनाका लागि अाउने गर्दछन् । सिफल चाैर पनि पशुपति क्षेत्रभित्र पर्दछ ।

सन्देश छोड्नुहोस