Logo

हाम्रो बारेमा


डियरवाक सिफल स्कुल , पहिले ओपल इन्टरनेसनल स्कुल, सन् १९९६ मा स्थापित विद्यालय हो। यो स्कुललाई डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी (DWIT) ले सन् २०१६ को सुरु देखि नाम परिवर्तन गरेर आफ्नो अन्तर्गत सञ्चालन गरेको हो। विद्यालयलाई डियरवाक सिफल स्कुल (DSS) नामकरण गरियो । डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी (DWIT) को व्यवस्थापन अन्तर्गत यस विद्यालयको पूर्वाधारमा महत्त्वपूर्ण विकास गरेर डियरवाक शिक्षण प्रणाली लागू गरियो, जसले बालबालिकाको सर्वाङ्गीण विकासमा ध्यान केन्द्रित गर्छ । डियरवाक हाम्रा विद्यार्थीहरूलाई भाषा, गणित र विज्ञानमा ठोस शैक्षिक कौसल हासिल गरेर असल विश्वव्यापी नागरिक बनेर बढ्न मद्दत गर्न कटिबद्ध छ। हामी हरेक विद्यार्थीको प्रतिभालाई बाहिर ल्याएर उनीहरूको रुची पहिल्याउन सघाउन दृढ रहनेछौँ। हामी हरेक तहमा निम्न क्षेत्रमा केन्द्रित हुनेछौँ:

  • नेतृत्व वहन र स्वामित्व ग्रहण
  • सामूहिक भावना र खेलकुद जन्य कौसल
  • प्रस्तुति र वक्तृत्व
  • लेखन र बुझाई
  • तथ्याङ्क केन्द्रित र विश्लेषणात्मक
हामी हरेक विद्यार्थी आफ्नो १ - १२ शिक्षा जीवनमा आधारभूत विज्ञान सिक्नु पर्छ र तिनीहरू कलेज जाने बेला आफूले चाहेको कुनै पनि विषय चयन गर्न तयार हुनुपर्छ भन्ने विश्वास गर्छौँ। त्यसैले, विज्ञान डियरवाक सिफल स्कुलमा हरेक विद्यार्थीको लागि अनिवार्य हुनेछ।

सन्देश छोड्नुहोस